सरुवा र बढुवाका लागि अब नेताको पछि नलाग्न एसपीहरुलाई गृहमन्त्रीको दिर्देशन।

23
VIEWS

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरूवा भएर जान लागेका प्रहरी उपरीक्षक (एसपी) हरूलाई दबाब र प्रभावमुक्त भएर इमानदारपूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले सरुवा र बढुवाका लागि अब नेता र चिौलियाको पछि लागेर काम नबन्ने भन्दै त्यसका लागि इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

बिहीबार बिहान गृह मन्त्रालयमा कार्यकाल सफलताको शुभकामना दिंदै गृहमन्त्री श्रेष्ठले क्षमता, कार्यदक्षता र अवसरको मापदण्ड बनाएर सरूवा गर्ने नीति अगाडि बढाइसकिएको भन्दै नेता रविचौलियाको पछि नलाग्न भनेका हुन् । बिना संकोच, दबाब र प्रभाव मुक्त भएर कानुन बमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न गृहमन्त्री श्रेष्ठले निर्देशन दिए ।

अब सरुवा, बढुवा वा नियुक्तिमा सोर्सफोर्स तथा बिचौलियाको चलखेल नचल्ने र जिम्मेवारी निर्वाहमा कमजोरी देखिए तत्काल कारबाही गरिने उनले बताए । प्रमुखको जिम्मेवारी पाउन दल एवं नेताहरूको ढोका चहार्ने, बिचौलियामार्फत घुसको अफर गर्ने र आफूले जिम्मेवारी नपाए जिम्मेवारी पाउने सहकर्मीको बदनाम गर्ने प्रवृत्ति त्याग्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

प्रहरी प्रधान कार्यालयले कुल ७८ जना एसपीहरूको सरूवा सूची सार्वजनिक गरेको थियो । यसअघि नयाँ जिम्मेवारी तोकिएका प्रमुख जिल्ला अधिकारीहरूलाई पनि गृहमन्त्री श्रेष्ठले मन्त्रालयमा बोलाएर शुभकामना तथा सरकारका प्राथमिकतामा काम गर्न सामुहिक निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार