शिक्षिका राजेश्वरी डडालका प्रेमी कोट्टारीलाई चार वर्ष कैद सजाय।

8
SHARES
47
VIEWS

कैलाली: धनगढीस्थित दिपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी दार्चुलाकी राजेश्वरी डडाल गत भदौँ ६ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

दार्चुलाको मार्मा गाउँपालिका–६ सितोली घर भएकी राजेश्वरी धनगढी उपमहानगरपालिका–३ मा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

उनी मार्मा गाउँपालिका–६ कै मामा नाता पर्ने जगदिश कोट्टारीसँग प्रेम सम्बन्धमा थिइन्। जगदिशले आफूसँग विवाह गर्ने भन्दै प्रेम गरेको तर धोका दिएको भन्दै उनले लेखेको सुसाइट नोटमा उल्लेख गरेकी थिइन्।
जिल्ला अदालत केलालीले उनका प्रेमी कोट्टारीलाई चार बर्ष कैद सजाए हुने फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधिश प्रदीपकुमार उपाध्यायको इजलाशले २६ माघमा फैसला गर्दै कोट्टारीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको श्रेस्तेदार मानबहादुर बिष्टले जानकारी दिए। मृतकका परिवारलाई अभियुक्तबाट एक लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार