एलिना र खेमले गाएको ‘कट्टा हान्दिन्छु’ गीतविरुद्ध उजुरी।

5
SHARES
26
VIEWS

काठमाडौं । एलिना चौहानले गाएको गीत ‘कट्टा हान्दिन्छु’ चर्चामा पाईहँदा गीतको शब्द चोरीको आरोप उनि माथि लागेको छ ।

गायक विश्वराम कार्कीले आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको बताएका हुन् । एलिनाले गाएको गीत चर्चित गीतकार नेत्र अर्यालले लेखेका हुन् ।

आफूले उक्त गीत झन्डै एक वर्षअघि रेकर्ड गराएर अडिओको रूपमा सार्वजनिक गरेको बताउँदै भिडिओ केही दिनअघि बनाएर सार्वजनिक गरेका छन् ।

एलिनाको गीतले बजार हल्लाउँदै गर्दा गायक विश्वराम कार्कीले पनि गीतको भिडिओ बनाएर सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘‘मैले यो गीत एक वर्षअघि नै रेकर्ड गराएको थिएँ । अडिओ पहिल्यै आए पनि भिडिओ बनाएको थिइन । गीतको शब्ददेखि लय पनि एउटै छ ।’’

कार्कीले भने यो विषय समाधान नभएको खण्डमा कानुनी दायरामा समेत जाने सुनाए । तर, कार्कीले गीतको भिडिओ युट्युबमा एलिनाको गीत चलिरहँदा केहीअगाडि मात्रै सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार