युवा हेल्पिङ ग्रुप महेन्द्रनगर अभियानका संयोजक हेम भट्ट द्वारा सेते बाको घर बनाउ अभियानको´सुरुवात।

7
SHARES
37
VIEWS

कन्चनपुर –  पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय एक युवा समुहले `सेते बाको घर बनाउ अभियानको´सुरुवात गरेका छन् ।
युवाहरुको हेल्पिङ ग्रुप महेन्द्रनगरले उक्त अभियानको सुरुवात गरेको हो । जिल्लाको भिमदत्त नगरपालिका -५ बस्ने सेते दमाईको घर बनाउनका लागि उक्त अभियान संचालन गरिएको अभियानका संयोजक हेम भट्टले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका -१० घर भएका भट्ट हाल महेन्द्रगरमा आफ्नो व्यवसाय संचालन सँगै सामाजिक कार्यमा निकै अग्रसर देखिन्छन् ।
भट्टले थोरै भएपनि गरिब आँशुमा मलम पट्टी लगाउने प्रयास गरेको छन् ।

‘६ जनाको परिवार रहेको सेते दमाइको बस्नलाई राम्रो घर छैन , दानमा पाएको ६/७ धुर जमिनमा सानो घर रहेछ´ संयोजक भट्टले भने ‘परिवार ठूलो छ, अवस्था दयनिय भएकाले हाम्रो टिमले चन्दा सङ्कलन गरि वहाँको घर बनाउनका लागि अभियान चलाएका हौ ।’ यो अभियानमा जोडिन भट्टले सम्पुर्णमा अपिल गरेका छन ।

करिब ४ वर्ष अगाडि देखि महेन्द्रनगरका युवाहरुले हेल्पिङ ग्रुप महेन्द्रनगर को स्थापना गरेका थिए । उक्त ग्रुपले पछील्लो समय निरन्तर सामाजिक कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार