नेपालको जितमा अनिल साह र भीम सार्कीले बनाए सतक।

23
VIEWS

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृंखला क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा सोमबार ९ विकेटको फराकिलो जित निकाल्दै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा ७ रनको रोमाञ्चक जित निकालेको नेपालले दोस्रो खेल ४ विकेटले जितेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अनिल साह र भीम सार्कीले शतक बनाए । अन्तर्राष्ट्रिय क्रिकेटमा दुवैको मेडन शतक हो । अनिल ११२ र भीम १०१ रनमा नटआउट रहे ।

४५ रनमा कुशल भुर्तेललाई १३ रनमा गुमाएको नेपालका लागि अनिल र भीमले उल्लेख्य पारी खेलेका हुन् । उनीहरुले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार