यू–१९ विश्वकप:भारत अस्ट्रेलियासँग ७९ रनले पराजित ।

22
VIEWS

काठमाडौँ । आइतबार भएको यू–१९ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई ७९ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको छ । पहिले ब्याटिङमा उत्रिएका अस्ट्रेलियाका ब्याट्सम्यानले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको थियो । तर लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीको प्रदर्शन त्यति बलियो भएन ।भारतीय टोली ४३.५ ओभरमा ३.९६ रन रेटमा १७४ रनमा अलआउट भयो। भारतका लागि आदर्श सिंह (४७) र मुरुगन अभिषेक (४२) ले सर्वाधिक रन बनाए ।

मुशीर खानले २२ रनको योगदान दिए । अस्ट्रेलियाका राफ म्याकमिलन र महली बियर्डम्यानले ३३ विकेट लिए । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।
हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युज विब्जेन ४८ रन बनाएर आउट भए भने ह्यारी डिक्सन ४२ रन बनाएर आउट भए । भारतका लागि राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार