दिपेन्द्र ऎर
धनगढी । कञ्चनपुरकि पत्रकार ऐश्वर्या कुँवरलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।
शनिबार बिहान पत्रकार पुष्कर भट्टलाई नियन्त्रणमा लिएकाे प्रहरीले दिउँसो कुँवरलाई पक्राउ गरेकाे हाे ।
उनलाई पनि भट्ट जस्तै विद्युतीय अपराधकाे अभियाेगमा समातिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले उनीहरु विरुद्धमा विद्युतीय कारोबार सम्बन्धी मुद्दा लगाई जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउका लागि अनुमति लिई पत्रकार भट्ट र कुँवरलाई पक्राउ गरेको हो ।
उनीहरूले केही दिनदेखी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा भईरहेका गलत गतिविधीहरुको निरन्तर रिर्पोटिङ गरिरहेका थिए ।
नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको समेत जनाएको छ।
यसरी प्रहरीले समाचार लेखेकै भरमा प्रतिशोध साध्न पक्राउ गरेको घटना प्रति नेपाल पत्रकार महासंघ कंचनपुरको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस आज विज्ञप्तिनै सार्वजनिक गरेको हो ।
Discussion about this post