काठमाडौ: सशस्त्र प्रहरीले चारजना नायव महानिरीक्षक (डीआईजी) को काज सरुवा गरेको छ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार चारजना डीआईजीको काज सरुवा गरेका हुन्।
डीआईजी गणेश ठाडा मगरलाई सीमा सुरक्षा विभागबाट ३ नम्बर गढीमाई बाहिनी मकवानपुरमा काज सरुवा गरिएको छ।त्यसैगरि दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरूवा गरिएको छ।
उता लक्ष्मणबहादुर सिंहलाई नं. ३ गढीमाई बाहिनी मकवानपुरबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ।त्यसैगरि प्रदीपकुमार पाललाई ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सरुवा गरिएको छ।
Discussion about this post