धनगढी । कञ्चनपुरको सीमावर्ती भारतीय बजारमा नेपाली बस भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो।
बुधबार महेन्द्रनगरदेखि दिल्ली तर्फ जादै गरेकको महाकाली यातायातको सुपप्र०२००१ख ११०० नम्बरको बस बनबासा बजारमा रोकिएको हो ।
महाकाली यातायात प्रालीका अध्यक्ष डम्बर पन्तले ट्याक्सी व्यवसायीको अवरोधका कारण बस बनबासा बजारमा रोकिएको बताए ।
त्यहाँको स्थानीय प्रहरीले कागजपत्र नभेटिएको भन्दै बसलाई जरिवाना तिराएपछि नछाडेको पन्तले बताए । उक्त बसमा सवार ३९ जना नेपाली यात्रुलाई भने भारतीय बसमा चढाएर गन्तव्यतर्फ पठाइएको छ
Discussion about this post