कक्षा १० मा पढ्ने १६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ, दुई जना पक्राउ।

7
SHARES
40
VIEWS

दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको छ। आफु लामो समयदेखि बलात्कार हुदै आएको घटना समेत सार्वजनिक गरेकी हुन्

प्रहरीका अनुसार किशोरी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन्। उनी स्कुलको होस्टेलमा बसेर पढ्थिन्। पक्राउ पर्ने किशोर पनि किशोरी पढ्नै स्कुलकै विद्यार्थी भएका प्रहरीले जनाएको छ।
‘प्रारम्भिक अनुसन्धानले किशोरी गएको असारदेखि नै बलात्कारमा परेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले भने, ‘किशोरीले आफ्ना साथी (पक्राउ परेका किशोर)सँगको सम्बन्धबाट आफू गर्भवती भएको बयान दिएकी छन्। अनुसन्धानका क्रममा हामीले चौधरीलाई पनि पक्राउ गरेका हौँ।’
प्रहरीका अनुसार किशोरी गएको एक साताअघि करिब चार दिन परिवारको सम्पर्कमा थिइनन्। होस्टल छाडेर हिँडेकी उनी परिवारको सम्पर्कमा पनि नरहेपछि खोजीको लागि भन्दै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेकी थिइन्।
उनले स्वास्थ्य परीक्षणको क्रममा किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको बताए। ‘पक्राउ परेका दुबै किशोरले किशोरी आफ्नी प्रेमिका भएको दाबी गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार