विवादित इन्सपेक्टर बिनु शाहीको बचाउ गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निकाल्यो विज्ञप्ति।

5
SHARES
30
VIEWS

दिपेन्द्र ऎर

कैलाली : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ‘विवादित’ इन्सपेक्टर बिनु शाहीको बचाउ गर्दै विज्ञप्ति नै जारी गरेको छ।

केही दिनयता महेन्द्रनगरपोष्टले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका कार्यरत ‘विवादित’ इन्सपेक्टर बिनु शाहीले गरेको ज्यादतिका बारेमा शृङ्खलावद्ध रुपमा फ्लोअप गरिरहेको छ। उनै शाहीलाई जोगाउने उद्देश्यका साथ कञ्चनपुर प्रहरीले हिजो(सोमबार) विज्ञप्ति जारी गरेको थियो। उक्त जारी विज्ञप्ति कञ्चनपुर प्रहरीले इन्सपेक्टर बिनु शाहीको विषयमा समाचार लेखे कारबाही गरिने चेतावनी दिएको छ।

जिल्ला प्रहरीले पीडित भनिएका प्रहरी जवानसँग सोधपुछ गरि घटनाबारे अनुसन्धान गर्नुपर्नेमा बिनुको बचाउ गर्दै विज्ञप्ति नै जारी गरेको हो। तर, त्यो विज्ञप्तिले कञ्चनपुर प्रहरीको फितलो सुरक्षा व्यवस्थापनबारे उजागर गरिदिएको छ।

सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै पुस २२ गतेका दिन नाथ दिउँसोको समयमा आफूखुसी हिरासत कक्षमा गएको र त्यहाँका थुनुवाहरुलाई सुर्ती, गुट्खाजन्य पदार्थ दिईरहेको अवस्थामा फेला परेको डीएसपी प्रकाश डाँगीले जानकारी दिएका छन्। विज्ञप्तिमा ती तत्कालीन प्रहरी जवान नाथलाई थुनिएको र यातना दिइएको कुरा भने उल्लेख छैन।

यस्तै विज्ञप्तिको अन्तिम बुँदामा उक्त प्रकरणलाई लिएर कसैले समाचार तथा सामाजिक सञ्जालमा स्टाटस लेखेमा कानुन अनुसार सजाय गर्ने चेतावनी दिइएको छ। जबकी नेपालमा समाचार तथा सञ्चार माध्यमका मुद्दा प्रेस काउन्सिलले हेर्ने गर्छ। कसैले समाचारमा विमति जनाउन प्रेस काउन्सिमा उजुरी दिने व्यवस्था नेपालमा छ। तर, कञ्चनपुर प्रहरी भने इन्सपेक्टरलाई जोगाउने ध्येयका साथ आफै पत्रकारलाई कारबाही गर्ने चेतावनी दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार