विवादित’ प्रहरी निरिक्षक शाहीका कारण प्रहरी जवानले दिए राजीनामा।

11
SHARES
62
VIEWS

दिपेन्द्र ऎर 

कैलाली: कञ्चनपुर प्रहरीकी ‘विवादित’ प्रहरी निरीक्षक बिनु शाहीका कारण एक  प्रहरी जवानले राजीनामा दिएका छन्। बाजुरामा कार्यरत प्रहरी जवान नरेन्द्र नाथले बेला बेलाको टचरले नै आफुले जागिर छोडेको बताए।

निरिक्षक शाहीले आफ्नो सामाजिक र पेसागत जीवन शैलीमा नै असर पर्ने गरी इज्जत धुलोमाटो पार्ने गरि पीडा दिएको नाथले एक अनलाईन खबरलाई जानकारी दिए। निरीक्षक शाहीको पीडाले आफूले राजीनामा दिएको नाथले बताए। शाही जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत मुद्दा शाखा हेर्ने प्रहरी निरीक्षक हुन्।

तिनै शाहीले आफूलाई बेला-बेलामा यातना दिने गरेको नाथ बताउँछन्। उनकै कारण मैले जागीर बाट हात धुन बाध्य भएको बताए। ‘बिनाकारण समय-समयमा आफुलाई यातना दिएको उने बताए । जागिर छोड्न दबाब आइरहेको थियो,’ उनले भने, ‘जागिर नछाडे अभद्र व्यवहार वा जबर्जस्ती करणीको मुद्दा चलाउँछु भनेर धम्की दिएकी छन्।’

शाहीको टचर सहन नसकेर आफूले राजीनामा दिएको उनको भनाइ छ। बाजुरामा कार्यरत रहेका उनी बिदामा महेन्द्रनगर आएको बेला थुप्रै टचर खेप्नुपरेको र त्यसपछि राजीनामा दिएको नाथको भनाइ छ।

उता, बाजुराका डीएसपी कबिन्द्र बोहराले राजीनामा आएको र स्वीकृतीका लागि प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिम पठाइएको बताए।

यता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश डाँगीले भने  प्रहरी जवान नाथलाई थुनेर यातना दिएको विषय आफूलाई जानकार नभएको बताए।

डीएसपी डाँगीले ती प्रहरी उजुरी ल्याएर प्रहरीकोमा आए थप जाँचबुझ गरेर दोषीलाई कारबाही गर्ने बताए।

निरीक्षक शाही केही समय अगाढी पनी  विवादमा आएकी थिइन्। त्यसबेला पनि उनलाई कसैले केही नगरी घटना सामसुम भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार