यू-१९ विश्वकप:न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य । 

21
VIEWS

काठमाडौँ: आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले नेपाललाई ३०३ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले स्नेहिथ रेडीको शतकमा ८ विकेटको क्षतिमा ३०२ रन जोड्यो।

रेडीले नटआउट १४७ रन जोड्ने क्रममा १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।

कप्तान ओस्कार ज्याकसनले पनि उत्कृष्ट ब्याटिङ गरे।ज्याकसनले ७५ रन जोड्ने क्रममा ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।

४१.५ ओभरमा आउट हुनुअघि उनले चौथो विकेटका लागि रेडीसँग १५७ रनको साझेदारी गरेका थिए। ज्याकसनलाई चौथो विकेटको रुपमा आउट गर्ने क्रममा नेपालका आकाश त्रिपाठीले बोल्ड गरे।

त्यसअघि न्युजिल्यान्डले १४.३ ओभरमा ३ विकेट गुमाउँदा ६७ जोडेको थियो। रेडी र ज्याकसनको साझेदारीले न्युजिल्यान्ड विशाल योगफलतर्फ अघि बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार