आईसीसी यू–१९ विश्वकप:नेपाल आइतबार न्युजिल्यान्डसँग भिड्ने।

23
VIEWS

काठमाडौँ:आईसीसी यू–१९ विश्वकपमा (आइतबार ) नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने छ।नेपाल समूह डीमा छ। नेपाल रहेको समूहमा पाकिस्तान र अफगानिस्तान छन्।

दोस्रो खेलमा १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेलमा १२ गते घरेलु टोली अफगानिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्।

समूह एमा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बीमा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सीमा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।

समूहको शीर्ष ३ स्थानमा रहने टोली सुपर ६ मा पुग्नेछन्। समूह एका टोलीले समूह डी तथा समूह बी र समूह सीका टोलीले एकअर्कासँग खेल्ने तालिका छ।

सुपर सिक्सका दुई समूहका शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहको पुछारमा रहने टोलीले भने स्थान निर्धारणका लागि खेल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार