धनगढी- शुक्रबार बझाङमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका- १ भण्डार बस्ने ३० वर्षीया सरिता रोकाया रहेको खुलेको छ।
प्रहरी स्रोतका अनुसार शुक्रवार बेलुकातिर घर नजिकै रहेको भिरमा घाँस काट्ने क्रममा खसेर उनी गम्भीर घाइते भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय, बझाङले दिएको जानरारी अनुसार उनलाई उपचारका लागि जिल्ला अस्पताल, बझाङ पुर्याउँदा डाक्टरले मृत घोषणा थियो।
Discussion about this post