कंचनपुर:सशस्त्र प्रहरीको पिटाई बाट एकजना नेपाली गम्भीर घाइते।

27
SHARES
151
VIEWS

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा  सशस्त्र प्रहरीको पिटाई बाट  एक जना नेपाली गम्भीर घाइते भएका छन् ।

भारतीय छिमेकी बजार बनबासाबाट घरका लागि समान ल्याउदै गरेका एकजना नेपालीलाई नेपाल -भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारले निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएका छन् ।

बिहिबार साँझ  करिब साढे ६ बजे तिर बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्ण बहादुर बोहराले बेदकोट–१ हात्तिथालाका बसन्त बहादुरधामीलाई निर्घात कुटपिट गर्दा घाइते भएका हुन्।

सिभिल डिउटीमा रहेका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले धामीलाई जथाभावी गाली गलौच सहित टाउकोमा टर्च लाइटले हिर्काउदा गम्भीर घाइते भएका छन् ।

घाइते उनको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ । धामीको टाउको दुई ठाउँमा फुटेको छ भने, उनको टाउकोमा १० ‘टाका’ लागेको महाकाली अस्पताल स्रोतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार