बाजुरा : बाजुराकी छाया जैशीको लोकसेवा आयोगले लिइएको बिभिन्न पदको परिक्षामा उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा उत्तीर्ण गरिन् ।
यसरी जिवनमा एकपछि अर्को सफलता मिल्ने कुरा उनले कल्पनासम्म गरेकी थिइनन् । अध्ययन राम्रै थियो । मेहनत त्यो भन्दा बढी नै गर्थीन् । तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्ने लागेकै थिएन्, स्वयम जैशीले बताउँछिन् । परिश्रमको फल मिलेकोमा भने उनी सन्तुष्ट छन् ।
मिती २०८० को बैशाख देखि माघसम्म ६ वटा लिखित परीक्षामा उत्तीर्ण भइन् । ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकिन् । हाल कोशी प्रदेश उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन् ।
बाँकी ४ वटाको मौखिक परीक्षाफल आउन बाँकी नै छ । तर पास हुनेमा छाया ढुक्क छन् । रातदिन नभनि कडा परिश्र गरे, आँखाको पानी सुकाए, निद्रा, भोक र प्यास हराएर किताब मात्रै धोके त्यसको प्रतिफल राम्रै आयो खुसीसाथ छायाले भनिन् । दिएका सबै ठाउँमा पास नै हुन्छु भन्ने चाहिँ लागेकै थिएन्, मेहनत गर्दा सफलता मिल्ने रहेन्, रिजल्ट आएपछि थाह पाउँ, उनले थपिन् ।
अति विपन्न परिवार । ज्याला मजदुरी र खेती किसानी बाहेक अर्को विकल्प थिएन्, छायाको परिवारलाई हातमुख जोड्न । बुबा आमाले साँझ विहान खेतबारीमा काम गथ्र्ये । दिनमा बुबा महानन्द्र जैशीले ज्यालामजदुरी गरेर कमाइले सन्तानको पढाइ खर्च र लत्ताकपडाकाृ जोहो गर्नु पर्ने बाध्यता थियो ।
Discussion about this post