तोडियो दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको विश्व कीर्तिमानी।

17
SHARES
92
VIEWS

भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहले अफगानिस्तानविरुद्ध सानदार ब्याटिङ गर्दै नेपाली खेलाडीको विश्व कीर्तिमान तोडेका छन् । अफगानिस्तानविरुद्ध रिंकु र रोहितले पाँचौं विकेटका लागि ९५ बलमा १ सय ९० रनको शतकीय साझेदारी गरे ।

यो टि२० आईमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो । उनीहरुले नेपालका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको विश्व कीर्तिमानी तोडेका हुन् ।

गत अक्टोबरमा मुलपानी क्रिकेट मैदानमा हङकङविरुद्ध पाँचौं विकेटका लागि दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले गरेको १ सय ४५ रनको साझेदारी गरेका थिए । रिंकु र रोहितले उक्त साझेदारी तोडेका हुन् ।

चिन्नास्वामी स्टेडियम बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनायो । भारतका कप्तान रोहित शर्मा ६९ बलमा ११ चौका र ८ छक्कासहित १ सय २१ रनमा नट आउट रहे । रिंकु सिंह ३९ बलमा २ चौका र ६ छक्कासहित ६९ रनमा नट आउट रहे ।

एक समय ४।३ ओभरमा २२–४ को दयनीय अवस्थामा पुगेको भारतलाई फर्काउन रोहित र रिंकुले ९५ बलमा १ सय ९० रनको विष्फोटक अविजित साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार