प्रधानमन्त्री कप:सुदूरपश्चिम प्रदेशले दियो कर्णाली प्रदेशलाई २ सय ७८ रनको लक्ष्य।

5
SHARES
29
VIEWS

काठमाडौ :प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई २ सय ७८ रनको लक्ष्य दिएको छ ।
रूपन्देहीको सिद्धार्थनगर रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

उसका लागि खडक बोहराले ८०, टेक रावतले ५९, किरण ठगुन्नाले ५०, नारायण जोशीले अविजित ३१, राजु रिजालले १९ र नरेन भट्टले १५ रन बनाए ।
कर्णालीका लागि दीपेन्द्र रावत, प्रकाश जोशी, उनिश सिंह र दीनेश अधिकारीले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार