सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा न्यायाधीश गिरीकी पत्नी आरती गेटबाटै पक्राउ।

23
VIEWS

काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई आज प्रहरीले पुन पक्राउ गरिएको छ ।सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् ।
प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा छ ।

यसअघि पनि उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेकी थिइन् । न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै बिरोध गरेकी हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार