काठमाडौं । नारायणगढ मुग्लिङ सडकको ३ नम्बर पुलमा आज बिहानै बलेरो त्रिशूली नदीमा खसेको छ । मुग्लिनवाट नारायणगढ तर्फ जादै गरेको भारतीय नम्बर उक्त विआर ९ जिसी १४३ नम्बरको बलेरो जिप विहान करिब पौने ५ बजेतिर त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीको भनाई अनुसार सिङ्गल क्याबिन भएको बलेरोमा मानिस भने कोहि पनि नभेटिएको भनाई छ । स्थानीयले त्रिशूली नदी भित्र पानीमा गाडीको लाइट बलेको खबर प्रहरीलाई गरेका थिए । त्यसपछि घटना स्थलतर्फ गएको प्रहरीसहितको गोताखोर टोलीले पानी भित्र गाडी भेट्टाएको हो । जीप सडकबाट करिब ८५ मिटर तल खसेको छ ।
गाडीभित्र मान्छे र सामान केही पनि नभएको प्रहरीले जनाएको छ ।मानिसको खोजी तथा गाडी बाहिर निकाल्ने काम प्रहरीले जारी राखेको छ ।
Discussion about this post