जादा जादै सुदुरपश्चिम प्रदेश प्रमुख बोहराले प्रहरी सरुवामा आफन्तवाद गरेको खुलासा।

21
SHARES
116
VIEWS

दिपेन्द्र ऎर


धनगढी । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखको पाए देखी प्रहरीमा नातावाद फैलाएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहरा त्यसलाई निरन्तरता दिदै सरुवा भएका छन्। गृह मन्त्रालयले प्रदेश प्रमुख बोहराको प्रहरी प्रधान कार्यालय अन्तरगतको कार्य विभाग निर्देशनालयमा सरुवा गर्दै उनको ठाउँमा डीआईजी रबिन्द्र केसीलाई पठाएको छ ।

आज सरुवा भएको चार दिनपछि डीआईजी बोहराले शनिबार प्रदेश छाडेका हुन भने नयाँ प्रहरी प्रमुखको रुपमा पठाइएका केसी आइतबार हाजिर हुँदैछन् । तर बोहरा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख भएर आएदेखि नै क्षेत्रियता र आफन्तवादलाई प्रचय दिएका बोहराले सुदूरपश्चिमबाट बिदा हुँदै गर्दा आफू निकट दुई जनाको सरुवा गरेका छन् ।

बोहराले प्रदेशको प्रमुख भएर काम गर्ने बेला (पीए)का रुपमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) चंख कडायतलाई प्रहरी चौकी कालाकुण्डाको इन्चार्ज बनाएर पठाएका छन् भने त्रिनगर प्रहरी चौकीको इन्चार्ज रहेका अर्का पीए प्रहरी वरिष्ठ नायब निरीक्षक(सई) रमेश खड्कालाई आफैसँग लगेका छन् ।

बोहराले आफू निकट प्रहरी नायब निरीक्षक भरतनाथ योगीलाई त्रिनगर प्रहरी चौकीको इन्चार्ज बनाएका छन् । धनगढीबाट आफ्नो सरुवा हुने निश्चित भएसँगै हतार हतारमा शनिबार नै दुवैको सरुवा गरेका हुन् । यता जिल्ला प्रहरी कार्यालय कैलालीले डीआईजीको ठाडो आदेशमा दुवै जनाको सरुवा गरेको जनाएको छ । जबकी पहिले त्यहाँ कार्यरत इन्चार्जको सरुवा गर्ने अवधि भएको थिएन ।

डीआईजीले जादाजादै नयाँ जिम्मेवारी दिएर गएका प्रहरी कर्मचारी उनको पुख्र्यौली घर अछामकै भएको समेत खुलेको छ । प्रदेश प्रमुख बोहरामाथि सुदूरपश्चिम प्रमुख हुँदा क्षेत्रियता र आफन्तवादको झल्को दिनेगरि प्रहरी कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको आरोप लागेको थियो ।

डिआईजी बोहराले त्यसको सुरुवात सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटी भंग गर्दै फेरी पुर्नःगठन गरेका थिए । बोहराले बिना कारण तत्कालीन सयममा आरआईटीका सबै प्रहरीलाई हटाएर भंग गरेको घोषणा गरेका थिए तर पछि आफू निकट प्रहरी कर्मचारी राखेर पुर्नगठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार