बैतडीमा एक जना पुरुष मृत फेला।

20
VIEWS

धनगढी । बैतडीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेमसिंह धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत भेटिएका हुन् ।

उनी खोलाको बिचमा फेला परेकाको प्रहरीको जनाएको छ। घटना के कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार