बैतडी घर भइ हाल बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक भण्डारी घुससहित पक्राउ।

7
SHARES
40
VIEWS

दिपेन्द्र ऎर

धनगढी : बैतडी घर भइ हाल बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् ।

किसानले कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो ।

उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरी प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार