गायक सागर सुनारको अछाम डौठेगडा (भाग २) बोलको गित सार्वजनिक । (भिडियो सहित)

36
SHARES
199
VIEWS

अछाम, लोक देउडा गायक सागर सुनारको  मौलिक देउडा गित अछाम डौठेगडा भाग २  सार्वजनिक भएको छ ।यस यस म्युजिकको प्रस्तुतीमा सुनारले अछामको प्रशिद्ध मेला डौठेगडाको प्रचार प्रसार तथा अछामी भाषा, कला, साहित्य, रहनसहन तथा परिबेशलाई समेटेर तयार पारेको गितको भिडियो सार्वजनिक भएको हो ।

अछाम जिल्लाको बान्नीगढी गाउपालीका गाज्रामा जन्मिएका सुनारको आफ्नै स्वरमा रहेको उक्त गितमा सुदुरकी चर्चित गायीका रेखा जोशीले  साथ दिएकी छन ।  लय, शब्द आफनै रहेको  छ । बिगत लामो समय प्रबासमा रहेर नेपाली कला सस्कृतीको जर्गेनाका लागी कलाको माध्यम बाट सुनारले आफुलाई परिचित गराउदै आएका छन ।

यस गितको भिडियोमा गायक सुनारल आफैे निर्देशन गरेका छन भने आफैले अभिनय समेत गरेका छन । उनलाई अभिनयमा साथ चर्चित मोडल रोजी कुँवरले दिएकी छन । उक्त गित को छायांकन अमित बिकलेले गरेका छन ।

भिडियो अछामको बान्नीगढी गाउपालीका १ गाज्रामा लाग्ने मेलामै छायांकन गरिएको छ । लोक देउडा गायक सुनारले  प्रवासमा रहेर पनि आफ्नो देउडा कला संस्कृतीको जर्गेनाको लागी लागीआफु लागीरहेको बताए । यसभन्दा अघि पनि उने बिभिन्न गितहरु बजारमा ल्याईसकेको बताउदै उनले भने यो गितले अछामको प्रशिद्ध मेला डौठेगडाको प्रचार प्रसारमा टेवा पुग्ने बिस्वास ब्याक्त गरे ।

आधा दर्जन बढि गित आफुले बजारमा ल्याई सकेको बताउदै सुनारले भने लगानी त गर्छौ तर असुल हुदैन । हाल भारतको पुणेमा बस्दै आएका सुनारले अझै आफना गितहरु तयारीमा रहेको बताए ।  उनले आफनो उक्त सृजनालाई माया गरिदिन आग्रह समेत गरे । भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार