धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शान्तिनगर मनेहरा नदि बाट प्रहरीले बेबारिसे सामान बरामत गरेको छ ।
शुक्रबार साझ वडा प्रहरी कार्यलय धनगढी बाट प्रहरी निरीक्षक जनक राज ढुंगानाको नेतृत्वमा खटियको टोलीले करिब २ लाख ३२ हजार भन्दा बढी मूल्य पर्ने कपडा तथा तिहार सामाग्री बरामत गरेको हो ।
प्रहरीले कैलाली र कंचनपुरमा दशै तिहारमा तस्करी बढी मौलाउने भन्दै विशेष अप्रेसन सुरु गरेको छ ।
बेबारिसे सामान मुचुल्का गरि वडाप्रहरी कार्यलयको जिम्मा रहेको र सो सामाग्री प्रक्रिया पुर्यायर भन्सार कार्यलयम बुझाउने प्रहरी निरीक्षक ढुंगानाले बताए ।
Discussion about this post