दैनिकी सम्बादमा हामी प्रबासी नेपाली संघ भारत माहाराष्ट्र राज्य समिति अन्तर्गत पुनानगर समिति सचिब दिनेश ओड सङ्ग पत्रकार पवन भण्डारीले प्रबासमा प्रबासी नेपाली संघको अस्वस्था समस्या र चुनौती बारे कुरा गरेका छ्न
सर्ब प्रथम सम्बाद मा स्वागत छ ?
धेरै धेरै धन्नेबाद पवन सर!
प्रबास मा यहाको संगठनको अवस्था के छ ?
प्रवासि नेपालि संघ भारत ,भारत का २२ ओटा राज्य मा संचालित छ।भारत भरि छरिएर बसेका प्रवासि नेपालिलाइ एक ठिक्का बनाइ एक आपस मा सद्भाव समजदारि र एकरुपता बनाउन को निमित्त अझै निरन्तर बिस्तार हुदैछ।
संगठन को अवस्था के छ ?
पुनानगर समिति सन २००४साल मा पुना मा स्थापना भएको थियो।बिगत २० बर्ष देखि हाम्रो संगठनले भारत को पुना शहरमा सेवा गर्दै आइरहेका छौ।पुनावासि सबै नेपालीहरुको अभिभावकत्व निर्वाह गर्दै आइरहेका छौ।सबै नेपालि को आशा र भरोसा को केन्द्र बिन्दु बनेको छ यो संघगठनले
यो संगठनले के के काम गर्छ प्रबास मा ?
भारत प्रवास मा छरिएर बसेका नेपालि दाजुभाइ तथा दिदीबहिनीहरु लाइ एक आपस मा परिचित गराउने ,समस्या मा परेका प्रवासि लाइ सहयोग गर्ने ,नेपाल का चाड पर्ब ,रितिरिवाज ,चालचलन ,सस्कृतिलाइ संरक्षण गर्ने ,नेपालि पन झल्काउनको निमित्त अन्तरक्रिया कार्यक्रम ,सभासमारोह,गोष्टि तथा सास्कृति कार्यक्रम का आयोजना गर्ने ,महिला शसक्तिकरण को लागि महिला लाइ परिचालन गरि महिला दिवश ,हरितालिका तिज लगएत अन्तरक्रिया कार्यक्रम आदि गरिरहेका छौ।
कति छन तपाईको संगठन मा सदस्यहरु ?
पुनानगर समितिमा मात्रै अहिले सम्म ५०० जना संगठित छन ,तर भारत भरि मा करिब दश हजार को हाराहरि मा छन ,अझै बढ्ने क्रम जारि छ।
तपाईले प्रबासी नेपालि संघ भारत पुनानगर समिति को अफिस समेत ब्यावस्थापन गर्नु भएको छ ,कसरी ब्यावस्थापन गर्नु हुन्छ अफिसको खर्ज ?
हाम्रो कार्यालय भरखरै स्थापना भएको हो। करिब छ महिना जति भयो , हाम्रो केन्द्रिय समिति सदस्य ७जना राज्य समिति सदस्य १२ जना र नगर समिति सदस्य २७ जना को छ जसबाट मासिक रु १०० रुपैया संकलन गरि खर्च को ब्यावस्थापन गर्छु।
राजनीति गर्ने उद्देश्य मात्र हो कि यो संगठनको सामाजिक काम पनि गर्नु हुन्छ ?
प्रवासि नेपालि संघ भारत सबैको साझा र स्वतन्त्र संघगठन हो , हामिलाइ राजनीति सङ्ग खासै समन्ध छैन । हाम्रो पहिलो प्रथामिकता भनेको सामाजिक कार्य नै हुन , हाम्रो संघगठन को निति र कार्यक्रम को पहिलो उदेश्य भनेको सामजिक कार्य हो।
प्रवाशिहरु को न्याय को निमित्त हकअधिकार सुनिश्चित गर्न को निमित्त र श्रमजीवी ,श्रवाहारा,सोसित पीडित ,पिछडिएका बर्ग समुदायको निम्ति आवाज बुलन्द गर्ने हाम्रो उदेश्य हो।
हामिले थुप्रै सामाजिक कार्य गर्दै आइरहेका छौ ,जसमध्ये कोरोना कलहर मा अछाम को बयालपाट अस्पताल र जिल्ला अस्पताल अछाम लाइ आवश्यक स्वास्थ सामाग्री उपलब्ध गराउनुका साथै स्वदेश मा भैपरि आउने प्राकृतिक प्रकोप ,बाढि पिडित ,भुकम्प पिडित ,दुर्घटना मा परि घाइते तथा क्यान्सर पीडित ,मिर्गौला पीडित लाइ थोरै भएपनि घाउमा मलम लगाउने जस्ता सामाजिक कार्य समेत गरेका छौ।
प्रबास मा रहेर राजनीति गर्नै पर्ने कारण के हो ? हामि त रोजगार गर्न आयका होईनौ र ?
यो राजनीति होइन हामि एसलाइ सामाजिक सेवा को हिसाब मा हेर्छु । भारत प्रवास मा छरिएर बसेका नेपालि दाजुभाइ दिदिबहिनी लाइ संघगठित गरि प्रवासि का हक अधिकार सुनिश्चित गर्नाको लागि रोजगार बाट बचेको समयलाइ अलि सदुपयोग मात्र गरेका हौ ।
पछिल्लो समय नेपालको राजनीति कसरी हेर्नू भएको छ ?
नेपाल राजनिती मा बामपंथी सरकार भन्दा अरु बिकल्प छैन ,किनकि देश को राष्ट्रियता ,स्वाधीनता र सार्बभौमको निम्ति बामपंथी एकता र बामपंथी सरकार को आवश्यकता छ ।अहिले सरकार र राजनीति भनेको कटपुतलि र कसैको इसारामा चल्ने सरकार हो , हामिलाइ स्थिर र चट्टानि अडान भएको सरकार र नेतृत्व चाहिन्छ।
अन्त्य मा के भन्न चाहानु हुन्छ ?
हजुर लाइ धेरै धेरै धन्नेबाद ! प्रवाश को आवाज स्वदेश सम्म पुर्याउन हजुर र हजुर को मिडिया ले ठुलो योग्दान पुर्याउनु हुनेछ भन्ने आशा गरेको छु ।
धन्नेबाद! अबिबादन!
नोट : धन्यवाद टाईपिङ मा केही समस्या छ मोबाईल बाट टाईपिङ गर्दा केही समस्या भएको छ यश बाट यहाँहरुमा पर्न गएको असर प्रती क्षमा चाहान्छु ।
Discussion about this post