आजको दैनिकी सम्बाद मा प्रबासी नेपाली संघ बालाजी नगर कमिटी ईन्चार्ज पदम रिमाल संग पत्रकार पवन भण्डारी ले भारत मा प्रबासी नेपाली संघको अवस्था का बारे गर्नु भएको कुराकानी
सर्बप्रथम संम्वाद मा स्वागत छ ?
– नमस्कार
प्रबास मा याहाँको संगठन को अवस्था के छ ?
– भारत प्रवास मा प्रवासी नेपाली संघ भारत को अवस्था भन्नुपर्दा अरु संगठन भन्दा निकै राम्रो छ । भारत भरी हर प्रान्त हरुमा बसोबास गर्ने प्रवासी नेपाली लाई गोलबद्ध गर्दै पुर्ब मेची देखि पश्चिम महाकाली उत्तर हिमाल देखि दक्षिण तराई मधेस का भारत प्रवास मा ज्याला दारी गरि जिबिकोपार्जन गर्ने प्रवासी नेपाली लाई एउटै मालामा उन्न सफल भएको छ ।
यो संगठन ले प्रवास मा के के काम गर्छ ?
– यो संगठन ले भारत प्रवास मा मात्रै न भएर नेपाल मा पनि थुप्रै सामाजिक कार्य गरेको छ ।
जस्तै बिश्व महामारी कोरोना काल मा बयलपाटा अस्पताल लाई आर्थिक सहयोग पोहोर साल अछाममा भुकम्प पिडित लाई त्रिपाल कम्मल आगलागी पिडीत बाढीपैरो जस्ता दैवीप्रकोप पिढित लाई प्रवासी नेपाली संघ ले सामाजिक कार्य हर बखत गरेको छ ।
प्रवास का सम्बन्ध मा दुर्घटना मा परेका पिडित लाई आर्थिक सहयोग ।
कति छन तपाईंको संगठन मा सदस्य हरु ?
– पुरै महाराष्ट्र राज्य मा आठौ सम्मेलन सम्म सदस्य को संख्या १५ सय थियोे । अब एक बर्ष भित्र २ हजार पुर्याउने लक्ष्य छ ।
तपाईंको प्रवासमा अफिस समेत ब्याबस्थापन गर्नु भएको छ कसरी ब्यावस्थापन गर्नुहुन्छ अफिसको खर्च ?
– अफिस भन्दा पनि सम्पर्क कार्यालय को रुपमा स्थापित छ । जुन रविवार पेठ सोन्यामारुती चौक ए वन ग्राम बिल्डीङ को माथी को तलामा छ । कार्यालय ( अफिस ) वा सम्पर्क कार्यालय को भाडा को ब्याबस्थापन पुना नगर समिति ले नै गर्छ ।
राजनीति गर्ने उदेश्य मात्रै हो कि यो संगठन को सामाजिक काम पनि गर्नुहुन्छ ?
– महत्त्वपूर्ण प्रश्न को लागि धन्यवाद पवन जी प्रवासी नेपाली संघ भारत ले निस्वार्थ रुपमा समाज सेवा का थुप्रै कार्य हरु गरेको छ जुन भनी साध्य छैन ।
म बालाजी नगर समिति को प्रमुख सल्लाहकार को हैसियतले भन्नुपर्दा हाम्रो बालाजी नगर समिति ले छोटो अबधिमै धेरै सामाजिक कार्य गरेको छ जस्तै नवीन गौरी भण्डारी बचाउ अभियान राज्य सदस्य तथा बि बी अनलाइन मिडिया का संञ्चालक बिबेक भण्डारी को पहलमा , बालाजी नगर नगर समिति अध्यक्ष गणेश जैसीको पहलमा क्यान्सर पिडित मोतकला सुनार लाई आर्थिक सहयोग
करेन्ट लागेर घाईते भएका मिनबाहादुर माझी लाई नगर समिति को कोष बाट सहयोग गुजरात मा बाईक दुर्घटनामा परि घाईते संघ का केन्द्रीय सल्लाहकार परिसद सदस्य रमेश परियार लाई आर्थिक सहयोग
बर्दगोरिया ४ कि मिनादेबी बिष्ट बचाृ अभियान राज्य सदस्य बिष्णु जोसी खतिवडा को पहलमा संकलित नगद रकम तिज कार्यक्रम कै दिन पिडित को आफन्त लाई हस्तान्तरण गरेका छौ ।
प्रवास मा रहेर राजनीति गर्नैपर्ने कारण के हो ? हामित रोजगारी गर्न आईका होईनौ र ?
– अबश्य पनि हामी नेपाली विशेष गरि भारत मा रोजगारी गर्ने जति सबै भात र भोटो को लागि भारत आएका हौ । भात र भोटो कै जोहो गर्ने क्रममा थुप्रै नेपाली श्रर्मिक माथि श्रर्म सोषण अत्याचार ले गर्दा राजनीति मा जोडिन बाध्य पार्दो रहेछ।
पछिल्लो समय नेपाल को राजनीति कसरी हेर्नु भएको छ ?
– पछिल्लो समय नेपाली राजनिती दुषित भएको छ । स्पष्ट बहुमत न हुदा फरक बिचार भिन्न सिदान्त भएका हरुको ठगबन्धन ले राज्य सत्ता चलाई रहेको छ सत्ता टिकाउन कै लागी उनिहरु जस्तो सुकै मुल्य चुकाउन तयार छन ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
– तपाईंको मिडिया मार्फत बोल्ने अबसर दिनु भएको मा तपाईं र तपाईंको मिडिया लाई हार्दिक बधाई भन्न चाहान्छु ।
जिल्ला अछाम ढकारी गाउँपालिका १ अछाम
हाल महाराष्ट्र पुणे भारत
Discussion about this post