प्रवाशी नेपाली संघ बालाजी नगर समितिको आयोजना हुदैछ तिज विशेष कार्यक्रम ।।

22
VIEWS

प्रवाशी नेपाली संघ भारत बालाजि नगर समितिको आयोजनामा हिन्दु नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा सास्कृतीक कार्यक्रमको आयोजना गरिएको छ ।

यहि सेप्टेम्बर १७ तारिख भारतको पुणे सदासिब पेठ तिलख रोड मंगल उधान कार्यलयमा कार्यक्रम को आयोजना गरिएको प्रबासी नेपाली सङ्ग बालाजी नगर समिती अध्यक्ष पदम रिमालले बताए ।

बिगतका बर्षहरु झै यस बर्ष पनि कार्यक्रमको आयोजना गरिएको र कार्यक्रम मा चर्चित गायक पवन भण्डारी ,धर्म जनाला लगायतको सहभागीता रहने उनले बताए ।

कला सस्कृतीको जगेर्ना गर्नका लागि आफुहरुले प्रबास मा विभिन्न कार्यक्रम गर्दै आयको बताउदै उन्ले सो कार्यक्रम मा आफुहरुले प्रबेस निसुल्क राखेको उनले बताए । सो कार्यक्रममा मदिरा सेवन गरि आउनेलाई प्रवेश निषेध रहेको ले मदिरा सेवन गरि न आईदिन अध्यक्ष रिमालले आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार