नेपाली कला र सस्कृतीको संरक्षण गर्नु सबैको कर्तव्य हो : संयोजक तिरुवा

20
SHARES
113
VIEWS

पवन भण्डारी , मुम्बई ।  शिवसेना नेपाल पुणेको आयोजनामा तिज विशेष सास्कृतीक कार्यक्रम आयोजना गरिएको छ । प्रबासमा रहेर पनि नेपाली कला सस्कृती जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम को आयोजना गर्न लागीय हो ।
यहि सेप्टेम्बर ११ तारीखका दिन लोकशाहीर आण्णाभाऊ साठे स्मारक पुणे महानगरपालिका हलमा कार्यक्रम हुने आयोजक समिती सयोजक एबम शिव सेना नेपाल पुना जिल्ला संयोजक चक्र तिरुवाले बताए । उनले आफुहरु जहाँ भए पनि नेपाली कला सस्कृतीको सरक्षण गर्नु सबै नेपालीहरुको कर्तव्य भएको बताए ।

सो तिज विशेष सास्कृतीक कार्यक्रममा नेपालका चर्चित गायिका अस्मिता डल्लाकोटी र डेउडा गायक पवन भण्डारी तथा अन्य कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने तिरुवाले बताए ।

बिगतका बर्ष हरुमा पनि आफुहरुले हरेक चाड पर्बमा सास्कृतीक कार्यक्रमको आयोजना गर्दै आयको बताउदै सुनारले भने हामी कुनै ब्यापार बिजनेस गर्न कार्यक्रम गर्दैनौ हाम्रो नेपाली सस्कृती लाई प्रबासमा रहेका नेपालीले नभुलुन भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्दै आएको बताए ।

सो कार्यक्रम बिहान १२ बजे देखि साझ ७ बजे सम्म संचालन हुनेछ । कार्यक्रम मा प्रवेशका लागि टिकट राखियको टिकट अन्लाईन बाट नै बुकिङ गर्न सकिने आयोजकले जानकारी गरायको छ ।

अन्लाईन बाटै टिकट बुक गर्नका चक्र सुनार 9822817915,निराजन बटाला 9511275939,चेतन परियर 9730954520,प्रेम परियार 9112345305,दिपेश परियर 7558527914,दिपेन्द्र परियर 9112392933,र नागेश बिक 99608 69134 लाई सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ ।

सो कार्यक्रममा सहभागी कसैले पनि मदिरा सेवन गरि नआउन आयोजकले आग्रह समेत गरेको छ । मदिरा सेवन गरि आउने जो कोहिलाई पनि गेट भित्र प्रबेस निषेध गरिने आयोजकले जानकारी गरायको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार