प्रहरीद्वारा धमाधम गाँजा फडानी

20
VIEWS

प्रहरीले रामेछापको खाँडादेवी र सुनापतिका विभिन्न स्थानमा हुर्केका गाँजा फडानी गरेको छ। व्यावसायिक उत्पादनका लागि रोपेको नभई आफैं उम्रिएको गाँजा संरक्षण गरेको सूचनाको आधारमा प्रहरीले शुक्रबार ठूलो मात्रामा गाँजा फडानी गरेको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार मात्र करिब ४ हजार ४ सय गाँजाका बोट फडानी गरी नष्ट पारिएको छ। प्रहरी निरीक्षक तेजप्रसाद कडेलको नेतृत्वमा ३० जना प्रहरी परिचालन गरी साबिकको खाँडादेवी, माकादुम, पकरबास, राकाथुम, खनियापानी र बेथान गाविसमा एकैसाथ गाँजा फडानी गरिएको हो।

यसअघि पनि प्रहरीले विभिन्न स्थानमा उम्रिएका तर संरक्षणमा हुकाईएका गाँजा फडानी गरी नष्ट पार्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार