यज्ञराज ढुंगाना, अछाम । अछाम जिल्लामा एसइई परीक्षा २०७८ को नतिजामा ४ जीपीए ल्याउने विद्यार्थी ४ जना रहेका छन् ।
बिहीबार प्रकाशित नतिजा अनुसार जिल्लामा २ देखि २.४ जीपीएमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या सबैभन्दा धेरै रहेको छ ।
शिक्षा मन्त्रालयले १.२ देखि ४ जिपिएसम्म गरेको स्तरीकृत अङ्क अनुरुप २.४ जिपिएमा १८५५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
एसइई परीक्षा २०७८ मा अछाम जिल्लाबाट परीक्षामा सम्मिलित ४ हजार ७ सय ५६ विद्यार्थी मध्ये ४ जिपिएमा ४ जना, ३.६ जिपिएमा ३२ जना, ३.२ जिपिएमा १५५ जना, २.८ जिपिएमा ७ सय११ जना, २.४ जिपिएमा १ हजार ८ सय ५५ जना उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई अछामका निमित्त प्रमुख मदन विष्टले बताउनुभयो ।
त्यसैगरी २ जिपिएमा १ हजार ४ सय ६८ जना, १.६ जिपिएमा ३२१ जना र १.२ जिपिएमा १४ जना रहेका उहाँले बताउनुभयो ।
जिल्लाका ४ हजार ७ सय ५६ विद्यार्थी मध्ये १ सय ९६ जना अनुपस्थित रहेका थिए ।
Discussion about this post