मोरंग क्षेत्र न-५ मा मेरो उम्मेदवारी १००% पक्का हो -राजकुमार यादव

6
SHARES
32
VIEWS

कार्तिक वा मंसिरमा हुने संघिय निर्वाचमा विभिन्न दलका नेताहरुले धमाधम आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन्। देशभरि नै संघिय निर्वाचनमा के कस्तो परिणाम आउने भन्ने बिषयमा नेताहरु चिन्तित छन् र देश दौडा गरिरहेका छन्। मोरंगमा पनि संघिय निर्वाचनमा आफ्नो दावेदारी बिभिन्न दलका नेताहरुले सामाजी संजाल र मिडिया मार्फत प्रस्तुत गरिरहेका छन्।

यसै क्रममा जसपा नेताको उर्वर भुमि रहेको मोरंग क्षेत्र न-५ बाट जसपा मोरंगका अध्यक्ष समेत रहेका राजकुमार यादवले आफ्नो दाबि प्रस्तुत गरिरहेका छन्। मधेश आन्दोलनको जगबाट स्थापित भएका नेता हुन् राजकुमार यादव। जसपाको आधार क्षेत्र समेत रहेको मोरंग क्षेत्र न-५ बाट दाबेदारी प्रस्तुत गरेका राजकुमार यादवसंग पत्रकार वीरेन्द्रकुमार साहले गरेको कुराकानीको अंश प्रस्तुत गरेका छौ।

तपाई कहिलेदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ?
म राजनितीमा सक्रिय भएको धेरै भयो तर मधेश जनआन्दोलन २०६२-६३ सालदेखि म अझ सकिय राजनीतिमा लागे र मधेश आन्दोलनको समयमा धेरै पटक प्रहरीको यातना समेत पाए। मधेशी जनताको अधिकारको प्राप्तिको लागि आन्दोलन गर्दा धेरै पटक पक्राउ समेत परे। यसरि नै म राजनीतिको फ्रन्ट लाईनमा आए र निरन्तर मधेशी जनताको अधिकार प्राप्तिको यो महान यात्रामा अगाडी बढिरहेको छु।

मधेश आन्दोलनको उपलब्धि के पायो आम मधेशी जनताले ?
खास गरी मधेश आन्दोलन भनेको पिछडा वर्ग,शोषित, पिडीत, अल्पसंख्यकको हकहीत र पहिचानको लागि भएको आन्दोलन हो । हामीले यसबाट पहिचान ,अधिकार र संघियता ल्याउनमा सफल भयौ यो नै हाम्रो आन्दोलनको ठुलो उपलब्धि हो । आज देशको हरेक स्थानको मधेशी जनताले समान अधिकार पाएका छन्। आफ्नो हक हितको बिषयमा आवाज उठाउन सक्षम भएका छन् यो पनि हाम्रो आन्दोलनको देन हो। आज मधेशी जनताले हरेक किसिमको सरकारी जागिरकोलागि आरक्षित कोटा पाएका छन् यो पनि हाम्रो आन्दोलनको उपलब्धि हो। पहिले धेरै जना मधेशको भुमि पुत्रहरुले नागरिकता बाट बन्चित हुनु परेको थियो तर अधिकांशले अहिले नागरिकता पाएका छन् यो पनि मधेश आन्दोलनको नै उपलब्धि हो। तर यसमा अझ हामि सन्तुष्ट छैनौ अझै लाखौ मधेशी जनताले नागरिकता पाएका छैनन् हामि उहाहरुलाई नागरिकता दिलाउन निरन्तर संघर्ष गरिरहेका छौ।

आउदो संघिय निर्वाचनमा मोरङ क्षेत्र नं. ५ बाट तपाईको उम्मेदवारी पक्का हो ?
हो मेरो उम्मेदवारी पक्का हो । अघिल्लो संघिय निर्वाचनमा पनि क्षेत्र न -५ को जनताले मलाई अत्याधिक माया गर्नु भएको थियो। त्यसै अनुरुप मैले उक्त निर्वाचनमा १९ हजार हाराहारी मत पाएको थिए। अधिकांश मेरो मत प्राबिधिक कारणले बिग्रेको थियो। मैले चुनाव हार्दा पनि क्षेत्र न-५ को जनताको हरेक दुख सुखमा साथ दिएको छु । उहाहरुको हरेक समस्यामा /घाउमा मलहम लगाउने प्रयास गरेको छु। उक्त क्षेत्रको हरेक मुद्दालाई माथिसम्म पुर्याएको छु। यस पटकको संघिय निर्वाचनमा आशा छ क्षेत्र न-५ को प्यारा मेरो भगवानरुपी जनताले मलाई जिताउनु हुने छ र यस क्षेत्रको सेवा गर्ने अवसर प्रदान गर्नु हुन्छ भन्ने कुरामा म ढुक्क छु।

गत संघिय निर्वाचनमा यस क्षेत्रको जनताले तपाईलाई पत्याएनन् कि चुनाव लड्ने तयारी पुगेन ?
गत संघिय निर्वाचनमा चुनाव लड्ने भाका नै पुगेन भन्नु पर्छ। म त सोझो मान्छे सिधा तरिकाले जनताको घर दैलोमा पुगे र आफ्नो बिचार धारणा राखे तर त्यतिले मात्र चुनाव जितितो रहेनछ। चुनाव लड्ने धेरै नै तयारी चाहिदो रहेछ जुन मैले ५ बर्षको दौरानमा सिक्दै गए। धेरै प्राबिधिक कुराहरु बारे जानकार हुनु पर्दो रहेछ। आफ्नै साथीहरुबाट समेत गत संघिय निर्वाचनमा मैले धोका पाए धेरै साथीहरुले गद्दारी गर्नु भयो त्यसै कारणले पनि मैले निर्वाचनमा पराजय भोग्नु पर्यो। यस पटक पहिलेको जस्तो गल्ति हुदैन। म पूर्ण रुपले यसपाली को निर्वाचनको लागि तयार छु र यस पटकको संघिय निर्वाचन १००% जित्नेमा ढुक्क छु किनकि क्षेत्र न-५ को जनताको आशिर्वाद र माया मलाई नै हुने छ यस पटक।

गठबन्धनको सम्झौता अनुसार त जित्नेलाई क्षेत्र छोड्नु पर्छ ?के शिवकुमार मण्डलले तपाईलाई सजिलै छोड्नु हुन्छ क्षेत्र न-५ ?
हेर्नुस स्थानिय निर्वाचनमा जस्तो संघिय निर्वाचनमा हुदैन। जसपाको आधार क्षेत्र नै मोरंग क्षेत्र न-५ हो हामीले यो क्षेत्र कुनै पनि हालतमा छोड्दैनौ। फेरि पनि भन्दै छु यो क्षेत्र बाट मेरो उम्मेदवारी १००% पक्का हो। गत संघिय निर्वाचनमा माओवादीले एक्लैले चुनाव जितेका होईनन। त्यस बखत नेकपा भन्ने पार्टी थियो उहाहरु बलियो हुनुहुन्थ्यो तर अहिले त्यतो छैन। नेकपा अहिले ३ चिरामा बिभाजन भएको छ। अहिले मोरंग क्षेत्र न-५ मा जसपा बाहेको कुनै बिकल्प छैन। यदि गठबन्धन गर्ने हो भने जसपालाई क्षेत्र न-५ छोड्नु पर्छ नभए मोरंगमा कुनै पनि प्रकारको गठबन्धन हुदैन हामि एक्लै चुनावमा जान्छौ।

तपाई संघिय निर्वाचन लड्दै हुनुहुन्छ केके एजेन्डा लिएर जनता माझ जानु हुन्छ ?
हाम्रो मोरंग क्षेत्र न-५ मा देश कै पहिलो उधोगहरु छन् जुन अहिले बन्द अवस्थामा छ ,देशमा नै पहिलो आर्थिक क्रान्ति गएको उक्त उधोगहरु बन्द हुदा हाम्रो क्षेत्रको हजारौ मजदुरहरु अहिले बेरोजगार हुनु परेको छ । मेरो पहिलो एजेन्डा नै बन्द अवस्थामा रहेको उक्त उधोगहरु पुन संचालनमा ल्याउने र हाम्रो क्षेत्रका हजारौ बेरोजगार अवस्थामा रहनु भएको नागरिकहरुलाई पुन :स्वरोजगार बनाउने नै मेरो मुख्य एजेन्डा हुने छ। यस बिषयमा पहिले यस क्षेत्र बाट जितेर जानु भएको कुनै पनि माननीय ज्युहरुले चासो राख्नु भएन यो दुखको कुरा हो तर म यस बिषयमा पहल गर्छु र मेरो मुख्य एजेन्डा नै यहि हुने छ।

‘मेरो दोस्रो प्रमुख एजेन्डा मोरंग क्षेत्र न-५ का सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने र उहाहरुलाई नेपाल सरकारको तर्फबाट उचित बास स्थानको ब्यवस्थापन गराउने जग्गा प्रदान गर्ने नै मेरो एजेन्डा हुने छ।

यस क्षेत्रमा रहेको एतिहासिक एवम धार्मिम स्थल राजा बिराटको दरबारलाई विश्वमाझ चिनाउने साथै यस दरबारलाई व्यवस्थित गरि यसको प्रचार -प्रसार गर्ने यस दरबारको आरक्षण एवम प्रवर्दन गर्ने र बार्षिक रुपमा हजारौ पर्यटकहरु यस क्षेत्रमा घुम्न आउनेगरी व्यवस्था मिलाउने छु जसको कारण यहाका नागरिकहरुले रोजगारी पनि पाउनु हुन्छ र हाम्रो क्षेत्रको पहिचान देश तथा परदेशमा हुन्छ।

त्यस बाहेक यस क्षेत्र न-५ को शिक्ष, स्वास्थ्य, बाटो, बिजुली, खेलकुदमा रहेका समस्यालाई यथाशिघ्र समाधान गराउछु । यस क्षेत्र भएर बग्ने खोला नालाहरुलाई व्यवस्थित गर्न सके स्थानिय जनताका जमिनहरु कटान हुनबाट जोगिन्थ्यो । यसमा पहल गर्छु। हाम्रो क्षेत्रको किसानहरुकोलागी विभिन्न योजनाहरु ल्याउने छु। हाम्रो क्षेत्रको महिला बालबालिका तथा युवा साथीहरुको बिकासकोलागी उहाहरु कै सल्लाह सुझाव अनुरुपका योजनाहरुमा काम गर्ने छु।

युवा भनेको देशको मेरुदण्ड हो , तपाई युवाका लागि कस्ता योजनाहरु ल्याउनु हुन्छ ?
वास्तमा युवा भन्नेको देशको मेरुदण्ड हो । म युवाहरुका लागि उहाहरुले पढेको बिषय अनुसार, योग्यता अनुसार रोजगारको श्रृजना क्षेत्र न-५ भित्र नै गर्ने छु । हाम्रो क्षेत्रको युवाहरुको लागि रोजगारीको व्यवस्था मिलाई विदेश पलायन हुनबाटरोक्ने छु।

क्षेत्र न-५ मा तपाईको प्रतिष्पर्धा कुन पार्टीसंग हुन्छ ?
हेर्नुस मेरो प्रतिष्पर्धा कोई संग हुदैन यस पटकको निर्वाचनमा क्षेत्र न-५ को जनताले मलाई अत्याधिक मत दिएर बिजय बनाउनु हुन्छ।गठबन्धन को सबै दलले मलाई नै सहयोग गर्नु हुन्छ त्यस कारणले पनि नेपाली काङ्ग्रेस र माओवादी मेरो प्रतिष्पर्धी होइन ,उहाहरु मेरो सहकर्मी /सहयात्री हुनुहुन्छ। उहाहरुले पनि मलाई पूर्ण समर्थन गर्दै मलाई बिजय बनाउन लागि पर्नुहुने छ। मेरो प्रतिष्पर्धा भए पनि नेकपा एमालेको उम्मेदवारसंग हुन्छ।

अन्त्यमा क्षेत्र नं. ५ का जनतालाई के भन्न चाहानु हुन्छ ?
क्षेत्र न-५ का भगवान रुपी मेरो आमा बुवा दाजु भाई दिदीबहिनीहरुलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु । गत संघिय निर्वाचनम जुन माया ,हौसला, बिश्वाश तपाईहरुले म प्रति देखाउनु भयो त्यसको म सदैव ऋणी रहने छु। यस पटकको संघिय निर्वाचनमा तपाईहरुको माया ममता र आशिर्वाद दिई मलाई तपाईहरुको सेवा गर्ने अवसर दिनु होला। भाषण गर्ने भन्दा पनि कर्म गर्ने हातहरुलाई रोज्नु होला। तपाईको विवेक प्रयोग गर्दै असल उम्मेदवारलाई छनोट गर्नु होला बस यहि अनुरोध मेरो प्यारा जनता माझ गर्न चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार