निरन्तरको बसाइँसराई, बैदेशिक रोजगारी , बच्चा जन्माउनेको सङ्ख्यामा कमि आउनु प्रमुख कारण
कमल रावल अछाम । जिल्लामा पछिल्लो समय जनसंख्या घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ । २०६८ को जनगणना भन्दा २०७८ को जनगणना सर्बेक्षण अनुशार अछामको जनसंख्या –१.०९ प्रतिशतले घट्दो क्रममा रहेको पाईएको हो ।
अन्तर्राष्ट्रिय जनसंख्या दिवसको अवसरमा भएको सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुंगानाले २०६८ सालको जनगणनामा २ लाख ५८ हजारको हाराहारिमा जनसंख्या थियो भने २०७८ सालको जनगणनामा अछामको जनसंख्या घटेर २ लाख २८ हजारमा पुगेको जानकारी दिए ।
विशेष गरि जिल्लाबाट निरन्तरको बसाइँसराई, रोजगारिको सिलसिलामा पुरुषहरु बिदेशमा हुनु, बच्चा जन्माउनेको सङ्ख्यामा कमि आउनु प्रमुख कारण रहेको उहाँको भनाइ छ । जनसंख्या तथ्यांकमा घटदो क्रममा भएपनि अछाममा अझै पनि परिवार नियोजनका साधन प्रयोगकर्ताको संख्या न्यून रहेको ढुंगानाले बताउनु भयो । आगामी दिनमा परिवार नियोजन भन्दा पनि योजनामा सबैले जोड दिदै जानुपर्ने बताए
Discussion about this post