विषय शिक्षक नहुदा पठनपाठन प्रभावित भएको भन्दै अभिभावकको गुनासाे

12
SHARES
65
VIEWS

टेकराज भण्डारी, अछाम । अछामकाे मालिका माध्यामिक विद्यालय बारलामा गणित बिषयकाे माध्यमिक शिक्षक नहुँदा विद्यार्थीकाे पठनपाठन प्रभावित भएको छ ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ मा रहेकाे विद्यालयमा गत बैशाख महिनादेखि शिक्षक नभएपछि पठनपाठन प्रभावित भएको हाे ।
विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र भुल गत बैशाख महिनामा गएपछि त्यसपछि शिक्षककाे पदपूर्ति नभएको हाे ।

गणित विषयकाे शिक्षक नभए पछि माध्यमिक तहका विद्यार्थीकाे गणित विषयकाे पठनपाठन प्रभाविच बनेकाे अभिभावकले बताएका छन् ।

नगर अनुदान काेटामा शिक्षक पदपूर्ति गर्नुपर्ने भए पनि शिक्षक नभएको २ महिना बढी भैसक्दा समेत शिक्षककाे व्यवस्था नगरिएको पाईएकाे हाे ।

गणित शिक्षक नहुँदा विशेष गरि अतिरिक्त गणित लिएर अध्ययन गर्ने विद्यार्थी बढी प्रभावित भएका छन् ।
हाल कक्षा १० मा अतिरिक्त गणित लिएर ६ जना विद्यार्थी अध्ययन गरिरहनु भएको र उक्त विषय एक दिन पनि पढाइ नभएको विद्यार्थीले बताएका छन् ।

आफू अतिरिक्त गणित विषय लिएर १० कक्षामा अध्ययन गरिररहेकाे तर हालसम्म पढाइ नहुँदा अन्याैल रहेकाे एक जना विद्यार्थी नवीन जैसीकाे भनाइ छ । शिक्षक आउलान् र पढाउलान् भन्दा भन्दै २ महिना बितेकाे तर पढाइ नभएको उहाँको भनाइ छ ।

गणित जस्ताे महत्त्वपूर्ण विषयकाे शिक्षक रिक्त हुँदा पनि पदपूर्तिका लागि पहल नगरेकाे अभिभावककाे गुनासाे छ । अतिरिक्त गणित लिएर अध्ययन गर्ने विद्यार्थीकाे भविष्य के हाेला भन्दै अभिभावकले चिन्ता व्यक्त गर्नुभएको छ ।

व्यवस्थापन समितिले शिक्षक पदपूर्तिका लागि चाँसाे नदेखाएकाे भन्दै एकजना अभिभावक धिरज जैसीले दुखेसो गर्नुभएको छ । गणित शिक्षक नभएर पठनपाठन प्रभावित हुँदा समेत व्यवस्थापन समितिकाे ध्यान नगएकाे भन्दै जैसीले विद्यार्थीकाे भविष्यमाथि राजनीति नगरिदिन आग्रह गर्नुभएको छ । शिक्षककाे पदपूर्तिकाे लागि विज्ञापन नै सार्वजनिक नगरिएको उहाँको दाबी छ । अहिलेकाे अवस्थामा विज्ञापन गर्दा शिक्षक नआउने कुरा नै हुँदैन, तर विज्ञापन नभएको भए पनि गाेप्य गरि भएको हुनसक्ने उहाँको आराेप छ । साेही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका जैसीले विद्यालयमा कहिल्यै पनि गणित, अतिरिक्त गणित लगातयतका विषयकाे काेर्श पूरा नहुने गरेकाे अनुभव सुनाउनुभयाे ।

विद्यालयमा कार्यरत एक जना शिक्षकले पनि शिक्षक पदपूर्तिका लागि विज्ञापन नभएको बताउनुभयो ।

हाल कक्षा ११-१२ मा अध्यापनरत एक जना शिक्षकले गणित विषय पढाईरहनु भएको विद्यालयका प्रधानाध्यापक तपेन्द्र शाहीकाे भनाइ छ ।
तर व्यवस्थापन विषयकाे शिक्षकले गणित पढाउँदा प्रभावकारी नहुने अभिभावककाे भनाइ छ ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद खनालले भने पदपूर्तिका लागि २ पटक विज्ञापन भएकाे तर काेही सम्पर्कमा नआएकाे बताउनुभएको छ । विएस्सी शिक्षकका लागि पहिलाेपटक विज्ञापन गर्दा काेही सम्पर्कमा नआएकाे र दाेस्राे पटक विज्ञापन गर्दा केही व्यक्ति सम्पर्कमा आएकाे उहाँको भनाइ छ । अब केही दिनमै पदपूर्ति गरिने अध्यक्ष खनालले बताउनु भयाे । हाल आफु बाहिर रहेको भन्दै केही दिनमा प्रक्रिया पुरा गरि शिक्षक नियुक्ति हुने उहाँको भनाइ छ ।
कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल करिब ७ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

शिक्षक पदपूर्तिका लागि अनुमती लिएर कम्तिमा १५ दिनकाे अवधि राखेर सार्वजनिक सुचना प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लक्ष्मण गिरीले बताउनु भयाे । सुचना सबैले देख्ने र पढ्न सक्ने ठाउँमा टाँस गर्नुपर्ने व्यवस्था रहेकाे उहाँको भनाइ छ ।
पत्रिकामा पुरानाे मितिमा सुचना प्रकाशन गरि आफ्नाे मान्छेलाई शिक्षक बनाउने प्रवृत्ति बढ्दै गएकाे सराेकारवालाकाे भनाइ छ । यसबाट शिक्षाकाे गुणस्तर झनै खस्कने सराेकारवाला बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार