एकल महिलाहरूसँग १ दिने अभिमुखीकरण तथा सम्मान कार्यक्रम ढकारीमा सम्पन्न

5
SHARES
28
VIEWS

निराजन भण्डारी १६ जेष्ठ अछाम । महिला अधिकार सम्बन्धी एकल महिलाहरूसँग १ दिने अभिमुखीकरण तथा सम्मान कार्यक्रम ढकारी गाउँपालिकामा सम्पन्न भएको छ । महिलाहरूको सम्मान तथा सभ्य समाजको पहिचान भन्ने मूल नाराका साथ ४ औँ महिला राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा ढकारी गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गरिएको कार्यक्रममा पालिकाका ४५ जना एकल महिलाहरूको सहभागिता रहेको थियो ।

सहभागी एकल महिलाहरूलाई सम्मान स्वरूप १ हजार प्रदान गरिएको छ । एकल महिलाहरूसँग १ दिने अभिमुखीकरण तथा सम्मान कार्यक्रम ढकारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एकल महिलाहरूको आत्म सम्मानका लागि भए पनि यस्ता सम्मानका कार्यक्रम गर्नु सकारात्मक कुरा भएको बताउनु भएको छ ।

एकल महिलालाई हेरिने दृष्टिकोणमा समाजमा फरक आएको भन्दै विगतमा एकल महिलाहरूले घर परिवार र समाजबाटै अपहेलित हुनु परेको जस्ता घटनालाई स्मरण गराउनु भयो ।साथै उहाँ एकल महिलाहरूले समाजमा गरिने हरेक सकारात्मक काम सक्रिय भएर लाग्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य इन्द्रा देवी बुढा,वडा नम्बर १ का वडा सदस्य सेरा नेपाली ,प्रहरी चौकी ढकारीका इन्चार्ज लाल सिंह विष्ट,नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश सदस्य धर्मेन्द्र बिसी पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर बोगटी लगायतले मन्तव्य राख्नु भएको थियो । ढकारी गाउँपालिका २ का वडा सदस्य डमबरा विकको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन ढकारी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख चाँदनी चन्दले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार