अछाममा चलाउने र कैलालीमा शाहीले पाइन पालिका हाँक्ने सुनौलो अधिकार

15
SHARES
86
VIEWS

जनकराज भण्डारी १२ जेष्ठ अछाम । सुदुरपश्चिम प्रदेशमा रहेका ८८ पालिका मध्य २ पालिकाको प्रमुखमा मात्र महिलाले नेतृत्व गर्ने अवसर प्राप्त गर्नु भएको छ ।स्थानीय तहको निर्वाचन २०७९ बाट अछामको पञ्चदेवल विनायक नगरपालिकाको प्रमुखमा विजयी हासिल गरेकी अम्बिका चलाउने र कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा विजयी हासिल गर्न सफल भएकी सुशीला शाहीले पालिकाको प्रमुख भएर काम गर्ने अवसर पाएकी हुन।

संवैधानिक प्रावधान अनुसार राजनीतिक दलहरूले पालिकामा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष मध्ये एक अनिवार्य महिला उम्मेदवार बनाएका थिए ।महिलाहरूले पनि राजनीतिमा सक्रियता देखाउन थालेपछि राजनीतिक दलहरूले पनि महिलहरुलाई प्रमुख पदमा विशेष प्राथमिकता दिइएको पाइएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख चलाउने र कैलालीको लम्कीचुहा नगरपालिकाका प्रमुख शाही दुवै जना नेपाली काँग्रेस बाट निर्वाचित भएकी हुन । प्रदेशमा २०७४सालको निर्वाचनमा दोस्रो दल बनेको नेपाली काँग्रेसले भने २०७९ सालको निर्वाचन बाट २ पालिकामा महिला प्रमुख जिताउन सफल भएको छ ।

यस्तै पहिलो दल बनेको नेकपा एमाले र तेस्रो बनेको माओवादीले भने २०७९ सालको निर्वाचन बाट कुनै पनि पालिकामा महिला प्रमुख जिताउन सकेका छैन । स्थानीय तहको निर्वाचन २०७९ बाट नेपाली काँग्रेस प्रदेशको पहिलो दल बनेको छ भने २०७४ मा पहिलो बनेको नेकपा एमाले अहिले दोस्रो दल बनेको छ भने माओवादी तेस्रो स्थानमै सीमित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार