आर्थिक चलखेल र मतदाताले आफै भोट हाल्न नपाउँदा थोरै मतान्तरले पराजय भोग्नु परेको एमाले ढकारीको दाबी

31
SHARES
171
VIEWS

अछाम । अछामको ढकारीमा नेकपा एमालेको बधाई तथा चुनावी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँ कमिटि उपाध्यक्ष भवानी प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा ढकारी गाउँ संगठन कमिटि ईन्चार्ज टोप बहादुर शाही रहनु भएको थियो ।
प्रमुख अतिथि शाहीले पालिकामा नेकपा एमालेका उम्मेद्धारलाई मतदान गर्नुभएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्दै विजयी उम्मेद्धारलाई बधाई दिनुभयो ।
पालिकामा नै आफ्नो जित हुने अवस्था रहेको भन्दै ईन्चार्ज शाहीले आर्थिक चलखेल र मतदाताले आफ्नो मत स्वयं हाल्न नपाएका कारण नतिजा सोचेजस्तो नआएको दाबी गर्नुभयो ।
आफ्नो पार्टीका उम्मेद्धारलाई विजयी गराउन अहोरात्र खटिनु भएका सम्पूर्ण नेता कार्यकर्तालाई समेत ईन्चार्ज शाहीले धन्यवाद व्यक्त गर्नुभयो ।
बैठकले पाि मतदाता तथा कार्यकर्तालाई धन्यवाद दिने निर्णय गरेको छ भने विजयी उम्मेद्धारलाई बधाई ज्ञापन गरेको छ । पालिकामा विजयी हुने वडा अध्यक्षहरु चन्द्र बहादुर साउँद, राम बहादुर थापा, वडा सदस्यहरु उज्जले थापा, तुल्क्षा थापा, जौकला देवि कामी लगायतलाई सम्मान सहित बधाई ज्ञापन गरेको छ ।
बैठकले निर्वाचनको दिन पार्टीका पालिका ईन्चार्ज तथा एमाले जिल्ला सदस्य टोपबहादुर शाहीमाथी सुरक्षा निकायबाटै सुनियोजित तरिकाले गरिएको आक्रमणको भ्रत्सना गर्दै घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
बैठकमा एमाले जिल्ला कमिटि सदस्य लक्ष्मी प्रसाद भण्डारी, जनक साउँद, माया देबि बुढा, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशान आयोगका सदस्य कृष्ण बहादुर बुढा, जिल्ला कमिटि पूर्व सदस्य धर्म बहादुर शाही, दिर्घराज रिमाल, नवलसिंह बुढा, पालिकाका सचिवालय सदस्य नैन बहादुर साउँद, भक्त बहादुर साउँद, लाल बहादुर नेपाली, अनेरास्ववियूका जिल्ला सदस्य प्रेम रिमाल, विभिन्न वडा कमिटिकिा अध्यक्ष लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बैठकको सञ्चालन एमाले ढकारी गाउँ कमिटि सचिव नकुल बहादुर साउँदले गर्नुभएको एमाले ढकारी प्रवक्ता लाल बहादुर साउँदले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार