टेकराज भण्डारी, जेठ ६, अछाम । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था मंगलसेन शाखाले समूह सदस्यका स्वर्गीय धनसरा जैसीका आफन्तलाई बीमा क्षतिपूर्ति रकम उपलब्ध गराएकाे छ ।
मंगलसेन नगरपालिका वडा नम्बर ७ जनाली जैसीगाउँ महिला समूहकी सदस्य २६ बर्षिया जैसीकाे गत चैत १९ गते माटाे खन्ने क्रममा ढिस्काेमा पुरिएर ज्यान गएपछि क्षतिपूर्ति बाफतकाे ४ लाख ६० हजार रकम मृतकका सासू गाेमा जैसीलाई चेक मार्फत हस्तान्तरण गरिएकाे वित्तीय संस्थाका केन्द्र परिचालक टंक प्रसाद भण्डारीले बताउनु भयाे ।
मृतक विगत ३ बर्षदेखी समुहमा आबद्ध भई नियमित बचत तथा कर्जा काराेबार गरिरहनु भएको थियाे ।
मृतकफे समूहबाट २ लाख ऋण लगि १ लाख बुझाईसमेत सक्नुभएकाे थियाे ।
ऋण लगानी गर्दा संस्थाले रिलायन्स लाईफ ईन्स्याेरेन्स संग बीमा गरिदिने गरेकाे र जाेखिम तथा दुर्घटना हुँदा क्षतिपूर्ति बाफतकाे रकम प्रदान गर्ने गरेकाे केन्द्र परिचालक भण्डारीले बताउनु भयाे ।
मृतकको घरमै पुगेर शाखा प्रमुख अशाेक पाठकले चेक रकम हस्तान्तरण गर्नुभयाे ।
साे अवसरमा संस्थाका कर्मचारी नरेश खाती, मृतकका आफन्त लगायतको सहभागीता रहेकाे थियाे ।
संस्थाकाे मंगलसेन शाखा अन्तर्गत १ सय ९ वटा केन्द्र मार्फक करिब २५ सय सदस्यहरुलाई बचत कर्जा काराेबार गरिरहेकाे छ ।
Discussion about this post