कांग्रेस सहसचिव स्वारकाे वडा मंगलसेन ४ मा कांग्रेसका अध्यक्ष विजयी

10
SHARES
56
VIEWS

टेकराज भण्डारी, जेठ ४ अछाम । अछाम सदरमुकामसंगै जाेडिएकाे मंगलसेन ४ मा नेपाली कांग्रेसले जित हात पारेको छ । नेपाली कांग्रेसका सहसचिव दिनेश कुमार स्वारकाे वडामा वडा अध्यक्षमा कांग्रेस विजयी भएको हाे ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका नामसिंह धामीले ४९९ मत प्राप्त गरि विजयी हुँदा उहाँका प्रतिद्वन्दी नेकपा एमालेका केवलसिंह धामीले ४७५ मत प्राप्त गर्नुभयाे । कांग्रेस २४ मतान्तर कायम गर्दै विजयी भयाे ।
मंगलसेन ४ नेकपा एमालेका मेयर पदम बाेहराकाे वडा हाे । वडा अध्यक्ष बाहेकका उम्मेदवार भने एमालेका विजयी भएका छन् । ४ जना वडा सदस्य एमालेबाट निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
मेयरमा भने एमालेका पदमबहादुर बाेहराले ५८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नम बहादुर शाहीले १९४ मत कम अर्थात् ३८७ मत प्राप्त गर्नुभयाे ।

कांग्रेस जिल्ला सभापति पुष्प बहादुर शाह र उपसभापति चन्द्रप्रसाद ढुंगानाकाे वडा रहेको वडा नम्बर ५ मा कांग्रेस पराजित हुँदा जिल्ला सहसचिवकाे वडा कांग्रेसले जित्नुलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ । साथै कांग्रेस मेयर पदका उम्मेदवार नम बहादुर शाहीकाे वडा नम्बर ७ मा पनि कांग्रेस पराजित भएकाे छ । साथै कांग्रेस महासमिति सदस्य मानबहादुर रावल तथा जिल्ला समन्वय समितिका उपप्रमुख टाेपबहादुर रावलकाे वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भएको छ ।

“हरेक पदाधिकारीले आफ्नाे वडा जिताउने बाचा थियाे, अधिकांशले त्यस्तो गर्न सकेनन्” कांग्रेस सहसचिव स्वारले भन्नुभयाे ।
एमालेको प्रभाव क्षेत्र तथा मेयरका उम्मेदवारकाे वडामा आफुले गरेकाे मेहनतकाे फल मिलेकाे स्वारकाे दबाी छ ।
यता एमाले मंगलसेन नगर ईन्चार्ज लिलाराज केसीले वडा नम्बर ४ मा प्राविधिक कारणले अध्यक्ष गुमेकाे बताउनुभयाे । मेयरकाे झण्डै २०० मतकाे अग्रता तथा सबै वडा सदस्य विजयी हुँदा अध्यक्ष गुमाउनु दु:खद रहेकाे भन्दै अन्तर्घात भएको दाबी गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार