काठमाण्डौं ÷लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत ‘नयाँ बर्षको ’ को छेको पारेर सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ ।
प्रेमभाव बोल्ने गीतको भिडियोमा सुशान्त खत्री , प्रदिप लामा , सन्तोषी कार्की र मनिष श्रेष्ठले अभिनय गरेका छन् । गीतको भिडियोलाई गायक मनिष श्रेष्ठ स्यमले निर्देशन गरेका हुन् ।
भारतिय गायिका साथै नेपाली दर्शको माग बमोजिमको गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा आफु विस्वस्त रहेको गायक मनिष श्रेष्ठले बताए । नयाँ विशेष बनाउन सक्ने किसिमको गीत भएको बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए ।
बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्राफी शिलन लम्सालको सम्पादन रहेको गीतलाई आकर्षक रुपमा तयार गरिएको छ । भिडियोमा सुशान्त खत्री प्रदिप लामा सन्तोशी कार्की, रोशनी तामाङ्ग ,सानू कार्की, गणेश पराजुली ,राम कडेल र मनिष श्रेष्ठ को पनि अभिनय हेर्न सकिन्छ भने साथै बाल कलाकारको रुपमा प्रकाश बस्नेतले समेत अभिनय गरेका छन ।
‘शनिवारको दिन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
Discussion about this post