एमाले अछामको जिल्ला सदस्यमा बुढाको उम्मेदवारी दर्ता

19
SHARES
107
VIEWS

अछाम । नेकपा एमाले अछामको आठौं जिल्ला अधिवेशनमा संचार क्षेत्रको संचालन र विकास सक्रिय एक जना अगुवा महिला ले पनि जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
रेडियो रामारोशन संचालक समितिका सदस्य समेत रहनु भएका जिल्लाको अगुवा सामाजिक संस्था सुदूर संचार समाजका कोषाध्यक्ष माया देवी बुढा महिला तर्फ खुलामा जिल्ला कमिटी सदस्यमा युवाको प्रतिनिधित्व गरेर मनोनयन दर्त गराउनु भएको हो ।
कोभिडको पहिलो लहर र दोस्रो लहरमा रेडियो रामारोशनमा कार्यरत संचारकर्मी कर्मचारी लाई समयमै पारिश्रमिक उपलब्ध गराउन र पछिल्लोपटक रेडियो रामारोशनको स्तरोन्नतिमा संचालक समिति सदस्य माया देवि बुढाको महत्त्वपूर्ण भूमिका रहेको छ ।आफ्नो काम र भूमिकाको बिषयमा सार्वजनिक कुरा गर्न रुचि नराख्ने बुढा रेडियो रामारोशनको संचालन र विकासमा एक दशक देखि क्रियासिल हुनुहुन्छ ।
हाल काम विषेशले सदरमुकाम मंगलसैन बस्ने ढकारी निवासी उहाँको सक्रियता जिल्ला स्थित विभिन्न धार्मिक लगायत सामाजिक संघ संगठनमा पनि उत्तिकै छ । पार्टीको कामको सिलसिलामा सदरमुकाम , जिल्लाको २ नम्बर क्षेत्रको मुकाम कमलबजार र आफ्नो पालिका ढकारी ओहोरदोहोर चलिरहेको हुन्छ । साविकको इलाका नम्बर १२ र ढकारी गाउँ पालिकामा जन संगठन अखिल नेपाल महिला संघ मार्फत एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेकपा एमाले अछामका पुराना नेता साबिकको बस्ती गाविसका पुर्व अध्यक्ष लाल बहादुर थापा कि पुत्री उहाँ सानै उमेर देखि एमालेमा सक्रिय हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार