गायिका पवित्रा गुरुंग र तेजेन्द्र गुरुङ्गको स्वरमा ‘आतग ङै मांया’ सार्वजनिक

14
SHARES
77
VIEWS

काठमाडौँ ः पछिल्लो समयमा बिभिन्न भाषा भाषी गीत संगीतको बजार विस्तार हुदैं गएको पाइन्छ । आफ्नो भाषा र भेष भुषामा सजिएर मौलिक पनमा आधारित गीत संगीतलाई कलाकारहरुले प्राथमिकता दिएका छन् । नेपाली कला कारितामा पनि गुरुङ कलाकार तथा तमु कलाकार अग्र स्थानमा देखिन्छ आफ्नो कला भेष भुषालाई सम्मान गर्दै आफ्नो सस्कार कलालाई संसार माझ पुर्याउन जुटिरहेका छ । गायिका पवित्रा गुरुंग र तेजेन्द्र गुरुङ्गको स्वरमा रहको मौलिक लोक गीत ‘आतग ङै मांया’ ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

उक्त गीतमा शब्द मनोज गुरुङ्ग र कुसुम गुरुङ्ग् रहेको छ तथा तेजेन्द्र गुरुङ्गकै संगीत समेत रहेको छ । उक्त गीत निकै मिठो र सुन्दा निकै आनन्द आउने भए पनि गुरुङ्ग भाषामा भएको कारणले सर्ब साधारणलाइ भने उक्त गीतले के भन्न खोजेको हो भनेर बुझ्न अलि कठिन हुन्छ भने भिडियो हेर्दा कथाले भने सबै कुरा बुझाएको देखिन्छ । अमेरिका रहरे पनी नेपाली माटो प्रतिको प्रगाढ सम्बन्ध र आफनो कला र सस्कृतिलाई आम समुदाय समक्ष प्रस्तुत गर्न आफु लागेको गीतका प्रस्तुतकर्ता प्रेम गुरुङ्गले बताए ।

पिटर गुरुङको छाँयाँकन , भरत गुरुङको सह छायाँकन , बन्दे प्रसादको सम्पादन , मनाङ्ग गुरुङ्गको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई भुपेन्द्र गुरुङ्गले निर्देशन गर्नु भएको छ । प्रेम गुरुङ्ग ,उर्मिला गुरुङ्ग,विश्वातमा गुरुङ्ग अभिनय निकै दमदार तथा मार्मिक देखिन्छ भने कलाकारहरुको अभिनयले पनि उक्त गीतको भिडियो निकै राम्रो बनेको आभाष भएको छ ।
‘आतग ङै मांया’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार