एउटै मञ्चमा पूर्वप्रधानमन्त्रीको सङख्या देख्दा अच्चम भए भाजपा नेता हर्षवर्द्धन

10
SHARES
58
VIEWS

काठमाण्डौ – भारतीय जनता पार्टी भाजपा का नेता हर्षवर्द्धनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई लिएर प्रशंसा गर्नुभएको छ । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै भाजपा नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म नदेखेको बताउनुभएको छ । उहाँले यस्तो दृश्य भारतमा भएका कार्यक्रममा पनि नदेखेको बताउनुभएको हो । यस्तो दृश्य पहिलो पटक देखेको भाजपा नेता हर्षवर्द्धनको भनाइ थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एउटै मञ्चमा एकै साथ यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म देखेको थिइनँ । भारतमा पनि देखेको थिइनँ । म सबैलाई नमन गर्न चाहन्छु ।’कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधामन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दका साथै विभिन्न पार्टीका शीर्ष नेता सहभागी हुनुभएको छ । भाजपा नेता हर्षवर्द्धनले एउटै कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरू उपस्थित हुनु नौलो विषय भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार