कांग्रेसको महाधिवेशनमा २ हजार सुरक्षाकर्मी

14
SHARES
78
VIEWS


काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको सुरक्षाका लागि दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले विशेष सुरक्षा योजना अन्तर्गत प्रहरी उपरीक्षक एसपी दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको काँग्रेस महाधिवेशन सुरक्षाको जिम्मा महानगरीय प्रहरी परिसर काठमाडौँलाई दिइएको छ ।

त्यसका लागि काठमाडौँ परिसरका अतिरिक्त महानगरीय प्रहरी सहायता कार्यालय महेन्द्र पुलिस क्लब र विभिन्न गणबाट ठूलो संख्यामा सुरक्षाकर्मी थप गरिएको छ ।सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनको जिम्मा महानगरीय ट्राफिक महाशाखाले लिएको छ । यसैगरी स्वयंसेवक व्यवस्थापनको जिम्मा नेपाल भूतपूर्व सैनिक संघलाई दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार