काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को महिलातर्फको महामन्त्री पदमा नायिका रेखा थापा पराजित हुनु भएको छ ।उहाँलाई कुन्तीकुमारी शाहीले ३ सय ६८ मतान्तरले पराजित गर्नु भएको हो ।
शनिबार सम्पन्न विद्युतीय मतदानको आइतबार बिहान सार्वजनिक परिणाम अनुसार थापाले १ हजार ६ सय ४० मत ल्याउँदा शाहीले २ हजार ८ मत ल्याउनु भएको थियो । कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिका थापा लिङ्देन प्यानलबाट चुनाव लड्नु भएको थियो ।
Discussion about this post