सुर्खेत ( नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजङ्ग शाही निर्वाचित हुनु भएको छ ।हिजो भएको चुनावबाट शाही सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँले ४ सय २२ मत ल्याउनु भएको छ ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजङ्ग शाहीले ३ सय १७ मत ल्याउनु भएको छ भने नेता विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याउनु भएको छ ।चुनावमा जम्मा ७ सय ५४ मत खसेको थियो । निर्वाचन समितिका अनुसार अरू पदाधिकारी र सदस्यहरुको मतगणना भइरहेको छ ।
Discussion about this post