रमेश रावत धनगढी ।
सुदुर पश्चिम प्रदेश अधिबेशनमा संस्थापन देउवा पक्षले दोब्बर मतान्तरले अग्रता लिएको छ । कुल खसेको १ हजार ३ मत मध्य ५०४ मत गणना गर्दा देउवा पक्षका उम्मेदवार वीर बहादुर बलायरले ३ सय ४२ मत पाउनु भएको छ भने पौडेल पक्षका उम्मेदवार नारायण दत्त मिश्रले १ सय ६१ मत पाउनु भएको छ । जुन बलायरको भन्दा १ सय ८१ मतले कम हो ।
यसैगरी देउवा पक्षका उपसभापतिका उम्मेदवार जनकराज चौधरीले ३२० अर्का उम्मेदवार लोकराज अवस्थीले २७७ मत पाउनु भएको छ । पौडेल पक्षका उम्मेदवार गोपाल सिंह गुरुङले १३४ मत ,मनबहादुर रावलले १३० मत पाउनु भएको छ । देउवा पक्षबाट उम्मेदवार बनेर फिर्ता लिएका हिम बहादुर रावलले५६ मत पाएका छन यधपी उनी उम्मेदवार होईनन ।
महामन्त्रीमा देउवा पक्षका नरनारायण शाह मनुले ३२१ मत , मेघराज खड्काले ३२८ मत लिनु भएको छ । संस्थापन ईतरका उम्मेदवार प्रताप गुर्धामीले१०९ र रामबहादुर शाहीले १५२ मत लिनुभएको छ जुन बिपक्षी भन्दा अधाबढी कम हो ।
सह-महामन्त्रीमा चर्चाको शिखरमा रहेकी नेत्री अम्बिका चलाउनेले सर्वाधिक ३४४ मत लिनुभएको छ । उहाँका प्रतिद्वन्दी खिना भण्डारी कुवरले ११८ मत लिनुभएको छ । जुन चलाउनेको भन्दा २२६ मत कम हो । सहमहामन्त्री कुला तर्फ देउवाका उम्मेदवार गोपाल दत्त भट्टले २६४,चिन्तामणि भट्टले १७४ मत लिनु भएको छ । यस्तै नरेन्द्र प्रसाद भट्टको १११,पदम राज पन्तको १२८, लक्ष्मण बहादुर शाहीको ६६ र हर्कबहादुर स्वाँरको ३७ मत छ । सुदुर पस्चिममा देउवा पक्ष प्यानल सहित जित्ने सम्भावना धेरै छ ।
Discussion about this post