नायिका स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनयमा “सपना हजार ” सार्वजनिक

5
SHARES
30
VIEWS

काठमाण्डौं ।
नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार ” गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा अरुणा रुम्बाको शब्द , राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ । मायामा सगैं जिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ । प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्ने कुरामा आफु आशावादी रहेको गायिका मिलनले बताइन ।

अमेरिकाको न्युयोर्क स्थित मोक्तान डिजिटल मार्फत सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन । बुद्ध थापाको छायाँकन , विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन । गीतको भाव अनुसार भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।
“सपना हजार ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार