केपी ओलीलाई भेटेपछि महेश बस्नेतले भने – सबै विषयमा सहमति भइसक्यो

12
SHARES
68
VIEWS

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले नेतृत्व चयनको विषय सहमति जुटिसकेको दाबी गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बाहिर निस्किँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै नेता बस्नेतले सहमति जुटेको दाबी गरे ।

बस्नेतले भने, ‘सहमति टुंगिसकेको छ । सहमतिमा सबै विषय टुंगिएर र्‍यापिङ गर्न बाँकी रहेको छ ।’

बस्नेतले के के विषयमा सहमति भयो र के के विषय बाँकी छन् भन्नेबारे विस्तृतमा जानकारी दिएनन् ।

ओलीले सहमतिमै नेतृत्व टुंग्याउन शीर्ष तहमा छलफल गरिरहेका छन् तर भीम रावल भने अध्यक्ष पदमा चुनाव लड्न तम्सिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
तपाईको प्रतिक्रिया दिनुहोस्

Discussion about this post

ताजा समाचार